सरकार र पार्टीबीच कुनै अन्तरद्वन्द्व छैन: रवि लामिछाने

डिसी नेपाल
१९ कार्तिक २०८३ १८:२५

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा जनप्रतिनिधिभन्दा नीति र पद्धति पुग्नुपर्ने बताएका छन्।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले आफू व्यक्तिगत रूपमा केही ढिला आइपुगे पनि नीतिगत कामहरू निरन्तर भइरहेको स्पष्ट पारे।

“जिम्मेवारी धेरै छ, तर व्यक्तिभन्दा सिस्टम (प्रणाली) स्थापित हुनुपर्छ भन्ने हाम्रो सोच हो। म व्यक्तिका रूपमा ढिला आए पनि सरकार र पार्टीका नीतिहरू देशभर पुगिरहेका छन्,” लामिछानेले भने, “हाम्रो मूल उद्देश्य पनि व्यक्तिभन्दा नीति र राज्यको प्रणाली पुग्नु हो।”

शुक्रबारसम्म चितवनका विभिन्न राजनीतिक तथा सार्वजनिक कार्यक्रममा सहभागी हुन आइपुगेका लामिछानेले रास्वपा जिल्ला, क्षेत्र र स्थानीय तहका पदाधिकारीहरूसँग साङ्गठनिक छलफलमा भाग लिने कार्यक्रम छ।

साथै, शुक्रबार बिहान नारायणी नदी किनारको कटान क्षेत्रको प्रत्यक्ष अवलोकन गरी सम्बन्धित पक्षहरूसँग छलफल गर्ने रास्वपा चितवनका सभापति इन्जिनियर मिनिमाधव खनालले जानकारी दिए।

सरकार र पार्टी सञ्चालनबारे बोल्दै सभापति लामिछानेले सत्ता टिकाइराख्न वा पार्टीमा देखावटी एकता कायम राख्न अर्को व्यक्तिलाई कुर्सीमा राख्ने खालको अभ्यासमा आफूहरू नरहेको स्पष्ट पारे।

सरकार र पार्टीका कामकारबाहीमा स्पष्टता र सुदृढता कायम गरिएको बताउँदै उनले दुवैबीच कुनै अन्तरद्वन्द्व वा समन्वयको कमी नरहेको र कुनै जिज्ञासा आएमा आपसमा बसेर समाधान गरिने बताए।

कुनै पनि निकाय वा संस्थाले गल्ती गरेमा त्यसलाई सच्याउने संवैधानिक तथा कानुनी संरचनाहरू मौजूद रहेको उल्लेख गर्दै उनले प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिल जस्ता निकायहरूलाई विश्वास गर्दै अझ बलियो बनाउनुपर्नेमा जोड दिए। साथै, परिपक्व ढंगले अघि बढ्दै सरकारले विधिको शासनअनुसार काम गर्नुपर्ने धारणा उनले व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

One thought on “सरकार र पार्टीबीच कुनै अन्तरद्वन्द्व छैन: रवि लामिछाने”

  1. Yee lootera haru sabai attaliyeka chhan lootna napayera, bisesh garera Yemale ka Dalal,Taskar,Bichaulia ra gunda parichalan,ra lootne razgaz lag vag banda vai nai sakiyeka chhan, ra mashu vat ka vattuwa haru palna dhau dhau pareko awastha chhan, tesai le je payo tei bolchhan ra lekhchhan pani.

Leave a Reply

Your email address will not be published. Required fields are marked *